Section 23
जग्गा बेचबिखन गर्नमा प्रतिबन्ध
दफा २१ बमोजिम जग्गा बिक्री वितरण हुँदा जग्गा पाउने व्यक्तिले दफा २२ बमोजिम बुझाउनु पर्ने मोलको पूरा रकम चुक्ता नगरेसम्म वा जग्गा बाहली पाएको मितिले दश वर्ष नपुगेसम्म जुन पछिल्लो हुन्छ सो अवधिसम्म सो जग्गा बेचबिखन गर्न, कुनै किसिमले कसैलाई हक छाडि दिन, अंशबण्डा गर्न र बैंक बाहेक अरू कसैलाई धितो बन्धक दिन समेत हुँदैन ।